१ इतिहास 4:1-43 NNRV2012 - Bible AI

1यहूदाका सन्‍तान: फारेस, हेस्रोन, कर्मी, हूर र शोबाल।

2शोबालका छोरा रायाहचाहिँ यहतका पिता थिए। यहतचाहिँ अहूमै र लहदका पिता थिए। सोरातीहरूका वंश यी नै थिए।

3एतामका छोराहरू: यिजरेल, यिश्‍मा, यिदबश। तिनीहरूकी बहिनीको नाउँ हस्‍सलेलपोनी थियो।

4पनूएलचाहिँ गदोरका पिता, र एसेर हूशका पिता थिए। एप्रातका जेठा छोरा र बेथलेहेमका पिता हूरका सन्‍तान यी नै हुन्‌।

5तकोका पिता अश्‍शूरका दुई पत्‍नीहरू थिए, हेलह र नारा।

6नाराले तिनको निम्‍ति अहुज्‍जाम, हेपेर, तेमेनी र हाहशतारीलाई जन्‍माइन्‌। नाराका सन्‍तान यी नै थिए।

7हेलहका छोराहरू: सेरेथ, सोहोर, एतनान र कोस।

8कोसचाहिँ आनूब र हज्‍जोबेबा अनि हारूमका छोरा अहर्हेलका वंशहरूका पिता थिए।

9याबेस आफ्‍ना दाजुभाइहरूभन्‍दा बढ़ी मानका थिए। तिनकी आमाले तिनलाई याबेस नाउँ राखेकी थिइन्, किनभने तिनले भनिन्, “मैले त्‍यसलाई वेदनामा जन्‍माएँ।”

10याबेसले यसो भनेर इस्राएलीहरूका परमेश्‍वरलाई पुकारा गरे, “बिन्‍ती छ, मलाई आशिष्‌ दिएर ठूलो इलाका दिनुहोस्‌! तपाईंको हात ममाथि रहोस्, र मलाई जोखिमबाट जोगाएर राख्‍नुहोस्, ताकि मलाई कुनै चोटले पनि नदुखोस्‌।” अनि परमेश्‍वरले तिनको बिन्‍ती सुन्‍नुभयो।

11शूहहका भाइ कलूब मेहीरका पिता थिए, र मेहीरचाहिँ एश्‍तोनका पिता थिए।

12एश्‍तोनचाहिँ बेथ-रापा, पसेह र तहिन्‍नाका पिता थिए। तहिन्‍ना इर-नाहशका पिता थिए। यिनीहरू रेकाका मानिसहरू थिए।

13कनजका छोराहरू: ओत्‍निएल र सरायाह। ओत्‍निएलका छोराहरू: हतत र मोनोतै।

14मोनोतै ओप्राका पिता थिए। सरायाह योआबका पिता थिए, र योआब गे-हरशीमका पिता थिए। त्‍यहाँका मानिसहरू कारीगरहरू भएका हुनाले तिनको त्‍यही नाम राखियो।

15यपुन्‍नेका छोरा कालेबका छोराहरू: ईरू, एलाह र नआम। एलाहका छोरा: कनज।

16यहललेलका छोराहरू: जीप, जीपा, तीरया र असरेल।

17एज्रहका छोराहरू: येतेर, मेरेद, एपेर, यालोन। मेरेदले विवाह गरेका फारोकी छोरी बित्‍याहले मिरियम, शम्‍मै र एश्‍तमोका पिता यिश्‍बहलाई जन्‍माइन्‌।

18मेरेदकी यहूदी पत्‍नीचाहिँ गदोरका पिता येरेद, सोखोका पिता हेबेर र जानोहका पिता यकूतीएलकी आमा थिइन्‌।

19होदियाहकी पत्‍नी नहमकी बहिनीका छोराहरू: गेरेमी कीलाहका पिता र माकाती एश्‍तमो।

20शिमोनका छोराहरू: अमनोन, रिन्‍ना, बेन-हानान र तीलोन। यिशीका छोराहरू: जोहेत र बेन-जोहेत।

21यहूदाका छोरा शेलहका छोराहरू: लेकाका पिता एर्, मारेशाका पिता लादा, अनि बेथ-अश्‍बेयामा मलमलका कपड़ा बनाउनेहरूका वंशहरू,

22योकीम, कोजेबाका मानिसहरू, अनि योआश र साराप, जसले मोआब र यशूबी-लेहेममा राज्‍य गरे। (यो विवरण अति प्राचीन छ।)

23यिनीहरू कुमालेहरू थिए, जो नतैम र गदेरामा बस्‍थे र राजाको निम्‍ति काम गर्थे।

24शिमियोनका सन्‍तान: नमूएल, यामीन, यारीब, जेरह र शौल।

25शौलका छोरा शल्‍लूम थिए, जसका छोरा मिब्‍साम थिए, जसका छोरा मिश्‍मा थिए।

26मिश्‍माका सन्‍तान: आफ्‍ना छोरा हम्‍मूएल, तिनका छोरा जक्‍कूर, तिनका छोरा शिमी।

27शिमीका सोह्र भाइ छोरा र छ बहिनी छोरी थिए, तर तिनका भाइका थोरै छोराछोरी थिए। यसैले तिनीहरूको वंश यहूदाको वंश जत्तिकै धेरै संख्‍यामा बढ़ेन।

28तिनीहरू बेर्शेबा, मोलादा, हसर-शूआल,

29बिल्‍हा, एसेम, तोलद,

30बतूएल, होर्मा, सिक्‍लग,

31बेथ-मर्काबोत, हसर-शूसीम, बेथ-बिरी र शारैममा बस्‍थे। दाऊदले शासन नगरुञ्‍जेलसम्‍म तिनीहरूका सहरहरू यी नै थिए

32तिनीहरूका बस्‍तीहरू एताम, ऐन, रिम्‍मोन, तोकेन र आशान— जम्‍मा पाँच नगर थिए—

33र बालातसम्‍मै यी नगरहरूका वरिपरि तिनीहरूका बस्‍तीहरू थिए। तिनीहरूका बसेका ठाउँहरू यी नै थिए। अनि तिनीहरूले वंशावलीको एउटा सूची पनि राखेका थिए।

34मशोबाब, यम्‍लेक, अमस्‍याहका छोरा योशा,

35योएल, योशिब्‍याहका छोरा येहू, जो सरायाहका नाति र असीएलका पनाति थिए।

36एल्‍योएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह,

37र शिपीका छोरा जीजा, जो अल्‍लोनका नाति, यदायाहका पनाति, शिम्रीका खनाति र शमायाहका जनाति थिए।

38माथि लेखिएका मानिसहरू आ-आफ्‍नो वंशका अगुवाहरू थिए, र तिनीहरूका घराना ज्‍यादै गरी बढ़े।

39तिनीहरू आफ्‍ना बगालहरूका निम्‍ति खर्क खोज्‍दै बेँसीको पूर्वपट्टि गदोरनेरको ठाउँसम्‍म गए।

40तिनीहरूले खुला मैदानको विस्‍तृत ठाउँमा मलिलो र असल खर्क भेट्टाए। त्‍यहाँ सबै कुरा शान्‍त र सूनसान थिए। त्‍यसका अघि त्‍यो ठाउँमा हामका कोही मानिसहरू बसेका थिए।

41यहूदाका राजा हिजकियाको राजकालमा माथि लेखिएका व्‍यक्तिहरूले आएर हामका मानिसहरू र त्‍यहाँ भेट्टाएका मोनीहरूलाई नाश गरे। तिनीहरूले उनीहरूलाई यसरी ध्‍वंस-विध्‍वंस पारे कि आजको दिनसम्‍म पनि उनीहरूको नाउँनिशानै पाइँदैन। अनि तिनीहरूका बगालका लागि खर्क भएकोले तिनीहरूले त्‍यो देश ओगटे।

42यिशीका छोराहरू पलत्‍याह, नार्याह, रपायाह र उज्‍जीएलका नेतृत्‍वमा पाँच सय जति शिमियोनीहरूले सेइरको पहाड़ी देशमाथि आक्रमण गरे।

43तिनीहरूले बाँचेका अमालेकीहरू सबैलाई नष्‍ट पारे, र आजको दिनसम्‍म तिनीहरू त्‍यहाँ बसेका छन्‌।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>