1इस्राएलका छोराहरूमध्ये सबैभन्दा जेठा रूबेनका छोराहरू (वास्तवमा तिनी पहिले जन्मेका छोरा थिए, तर तिनले आफ्ना पिताको एउटी उपपत्नीलाई व्यभिचार गरेको कारण ज्येष्ठ अधिकार इस्राएलका छोरा योसेफका छोराहरूलाई दिइयो, र तिनीचाहिँ सूचीमा जेठा छोरा गनिन सकिएनन्।
2अनि यहूदा आफ्ना भाइहरूमध्ये सबैभन्दा बलिया भए पनि, र तिनीबाट एउटा शासक आए तापनि ज्येष्ठ अधिकार योसेफको नै भयो)—
3इस्राएलका जेठा छोरा रूबेनका छोराहरू:
4
5
6
7तिनीहरूका कुटुम्बहरू, जो वंश-वंश गरी आफ्नो वंशावलीको सूचीमा लेखिएका छन्:
8
9
10शाऊलको राजकालमा तिनीहरूले हग्रीहरूसँग युद्ध गरेर उनीहरूलाई जिते, र गिलादको पूर्वपट्टिका सबै देशमा भएका उनीहरूका छाउनीहरूलाई ओगटे।
11गादीहरू तिनीहरूका नजिक बाशानमा सलकासम्मै बसेका थिए:
12योएल प्रधान थिए, दर्जामा दोस्रो शापाम, त्यसपछि बाशानमा यानै र शाफात।
13
14
15
16
17
18रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुल— तिनीहरूका ढाल र तरवारले सुसज्जित भएका लड़ाकू मानिसहरू, धनुर्धारी र लड़ाइँको निम्ति तालीम पाएका सिपाहीहरू चवालीस हजार सात सय साठी जना थिए। यिनीहरू लड़ाइँको निम्ति तयार थिए।
19तिनीहरूले हग्रीहरू, यतूर, नापीश र नोदाबसित युद्ध गरे।
20लड़ाइँमा सहायताको निम्ति तिनीहरूले आफ्ना परमेश्वरलाई पुकारेको कारण तिनीहरूलाई उनीहरूका विरुद्धमा सहायता दिइयो। तिनीहरूले उहाँमाथि भरोसा गरेका थिए, यसैकारण उहाँले तिनीहरूको प्रार्थना सुन्नुभयो। हग्रीहरू र उनीहरूका सबै मित्रराष्ट्रहरूले आत्मसमर्पण गरे।
21तिनीहरूले उनीहरूका गाईबस्तुहरू, पचास हजार ऊँट, दुई लाख पचास हजार भेड़ा र दुई हजार गधा लगे, र एक लाख जनालाई कैद गरे।
22अरू धेरै जना मारिए, किनभने यो युद्ध परमेश्वरतर्फबाट भएको थियो। तिनीहरू आफै कैदमा नलगिउञ्जेलसम्म तिनीहरूले त्यो देशमा बसोबास गरे।
23मनश्शेका आधा कुलले बाशानदेखि बाल-हेर्मोन, अर्थात् सेनीर (हेर्मोन डाँड़ा) सम्म बसोबास गरे, र तिनीहरू संख्यामा अनगन्ती भए।
24तिनीहरूका परिवारका मुख्य मानिसहरू यी नै हुन्: एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदबिया र यहदीएल। ती सबै वीर र नामी-नामी मानिसहरू अनि तिनीहरूका परिवारका मुखियाहरू थिए।
25तर तिनीहरूले आफ्ना पिता-पुर्खाहरूका परमेश्वरको विरुद्धमा पाप गरे, र परमेश्वरले तिनीहरूका सामु नाश गर्नुभएका मानिसहरूका देवताहरूलाई पुजेर वेश्यासमान गरे।
26यसैले इस्राएलका परमेश्वरले अश्शूरका राजा पूल, अर्थात् अश्शूरका राजा तिग्लत-पिलेसेरलाई उक्साउनुभयो, र उनले रूबेन, गाद र मनश्शेका आधा कुलका मानिसहरूलाई कैद गरेर लगे। उनले तिनीहरूलाई हलह, हाबोर, हारा र गोजान नदीका किनारमा लगे, र त्यहाँ तिनीहरू आजको दिनसम्म छन्।