2कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल।
3अम्रामका छोराछोरीहरू: हारून, मोशा र मिरियम। हारूनका छोराहरू: नादाब, अबीहू, एलाजार र ईतामार।
4एलाजार पीनहासका पिता थिए, पीनहास अबीशूका पिता थिए,
5अबीशू बुक्कीका पिता थिए, बुक्की उज्जीका पिता थिए,
6उज्जी जरयाहका पिता थिए, जरयाह मरायोतका पिता थिए,
7मरायोत अमर्याहका पिता थिए, अमर्याह अहीतूबका पिता थिए,
8अहीतूब सादोकका पिता थिए, सादोक अहीमासका पिता थिए,
9अहीमास अजर्याहका पिता थिए, अजर्याह योहानानका पिता थिए,
10योहानान अजर्याहका पिता थिए (त्यही अजर्याहले यरूशलेममा सोलोमनले बनाएको परमप्रभुको मन्दिरमा पूजाहारीको सेवा गर्थे),
11अजर्याह अमर्याहका पिता थिए, अमर्याह अहीतूबका पिता थिए,
12अहीतूब सादोकका पिता थिए, सादोक शल्लूमका पिता थिए,
13शल्लूम हिल्कियाहका पिता थिए, हिल्कियाह अजर्याहका पिता थिए,
14अजर्याह सरायाहका पिता थिए। सरायाह यहोसादाकका पिता थिए,
15जब परमप्रभुले यहूदा र यरूशलेमलाई नबूकदनेसरको हातबाट कैदमा पठाउनुभयो, तब यहोसादाक पनि निर्वासनमा लगिए।
16लेवीका छोराहरू: ⓢगेर्शोन, कहात र मरारी।
17गेर्शोनका छोराहरूका नाम यी नै हुन्: लिब्नी र शिमी।
18कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल।
19मरारीका छोराहरू: महली र मूशी।
19आ-आफ्ना पिताका घरानाअनुसार लेवीका वंशहरू यी नै हुन्।
20गेर्शोनका वंशहरू: आफ्ना छोरा लिब्नी, तिनका छोरा येहाथ, तिनका छोरा जिम्माह,
21तिनका छोरा योआ, तिनका छोरा इद्दो, तिनका छोरा जेरह, र तिनका छोरा यातरै।
22कहातका सन्तान: आफ्ना छोरा अम्मीनादाब, तिनका छोरा कोरह, तिनका छोरा अस्सीर,
23तिनका छोरा एल्काना, तिनका छोरा एब्यासाप, तिनका छोरा अस्सीर,
24तिनका छोरा तहत, तिनका छोरा उरीएल, तिनका छोरा उज्जियाह, र तिनका छोरा शौल।
25एल्कानाका सन्तान: अमासै, अहीमोत,
26तिनका छोरा एल्काना, तिनका छोरा सोफै, तिनका छोरा नहत,
27तिनका छोरा एलीआब, तिनका छोरा यरोहाम, तिनका छोरा एल्काना, र तिनका छोरा शमूएल।
28शमूएलका छोराहरू: जेठा छोरा योएल र कान्छा अबिया।
29मरारीका सन्तान: आफ्ना छोरा महली, तिनका छोरा लिब्नी, तिनका छोरा शिमी, तिनका छोरा उज्जाह,
30तिनका छोरा शिमेअ, तिनका छोरा हग्गियाह, र तिनका छोरा असायाह।
31सन्दूक परमप्रभुको मन्दिरमा राखेपछि सङ्गीतको जिम्मा लिनलाई दाऊदले नियुक्त गरेका मानिसहरू यी नै हुन्।
32सोलोमनले यरूशलेममा परमप्रभुको मन्दिर नबनाउञ्जेल पवित्र वासस्थान, अर्थात् भेट हुने पालको सामु तिनीहरूले विधिपूर्वक आफ्ना बाजा बजाउने कर्तव्य गर्दैरहे।
33आफ्ना छोराहरूसँग सेवा गर्नेहरू यी नै हुन्: कहातीहरूबाट: सङ्गीतकार हेमान, जो योएलका छोरा, जो शमूएलका छोरा,
34जो एल्कानाका छोरा, जो यरोहामका छोरा, जो एलीएलका छोरा, जो तोहका छोरा,
35जो सूपका छोरा, जो एल्कानाका छोरा, जो महतका छोरा, जो अमासैका छोरा,
36जो एल्कानाका छोरा, जो योएलका छोरा, जो अजर्याहका छोरा, जो सपन्याहका छोरा,
37जो तहतका छोरा, जो अस्सीरका छोरा, जो एब्यासापका छोरा, जो कोरहका छोरा,
38जो यिसहारका छोरा, जो कहातका छोरा, जो लेवीका छोरा, जो इस्राएलका छोरा थिए।
39हेमानका सहयोगी आसापचाहिँ तिनको दाहिनेपट्टि सेवा गर्नलाई उभिन्थे:
39तिनी बेरेक्याहका छोरा, जो शिमेअका छोरा,
40जो मिखाएलका छोरा, जो बासेयाहका छोरा, जो मल्कियाहका छोरा,
41जो एत्नीका छोरा, जो जेरहका छोरा, जो अदायाहका छोरा,
42जो एतानका छोरा, जो जिम्माहका छोरा, जो शिमीका छोरा,
43जो यहतका छोरा, जो गेर्शोनका छोरा, जो लेवीका छोरा थिए।
44तिनीहरूका सहयोगीहरू तिनका देब्रेपट्टि मरारीहरू: एतान, जो कीशीका छोरा, जो अब्दीका छोरा, जो मल्लूकका छोरा,
45जो हशब्याहका छोरा, जो अमस्याहका छोरा, जो हिल्कियाहका छोरा,
46जो अम्सीका छोरा, जो बानीका छोरा, जो शेमेरका छोरा,
47जो महलीका छोरा, जो मूशीका छोरा, जो मरारीका छोरा, जो लेवीका छोरा थिए।
48तिनीहरूका कुटुम्ब लेवीहरू पवित्र वासस्थान, परमेश्वरको भवनका सबै अरू कामका निम्ति समर्पित भएका थिए।
49तर हारून र तिनका सन्तानहरूले मात्र भेटीहरू चढ़ाउने सबै काम, र इस्राएलका पापका लागि प्रायश्चित गर्नलाई परमेश्वरका दास मोशाका सबै आज्ञाअनुसार पूरा गर्नलाई होमबलिको वेदी र धूप वेदीका बलिदान चढ़ाउने काम गर्थे।
50हारूनका सन्तान यी नै हुन्: आफ्ना छोरा एलाजार, तिनका छोरा पीनहास, तिनका छोरा अबीशू,
51तिनका छोरा बुक्की, तिनका छोरा उज्जी, तिनका छोरा जरयाह,
52तिनका छोरा मरायोत, तिनका छोरा अमर्याह, तिनका छोरा अहीतूब,
53तिनका छोरा सादोक, र तिनका छोरा अहीमास थिए।
54हारूनका सन्तानको कहाती वंशलाई तोकेर दिएको इलाकामा तिनीहरूका बस्तीहरू यी नै हुन् (किनभने कहातीहरूलाई नै पहिलो चिट्ठा परेको थियो):
55तिनीहरूलाई यहूदाको हेब्रोन र त्यसका वरिपरिका चरनहरू दिइए।
56तर यपुन्नेका छोरा कालेबलाई त्यस सहरका बस्ती र खेतहरू दिइए।