1सबै इस्राएल वंशावलीको सूचीमा इस्राएलका राजाहरूको पुस्तकमा दर्ता गरियो।
2आफ्ना पिता-पुर्खाहरूको देश, आफ्ना सहरहरूमा सबैभन्दा पहिले बसोबास गर्नेचाहिँ कोही इस्राएलीहरू, पूजाहारीहरू, लेवीहरू र मन्दिरका सेवकहरू थिए।
3यरूशलेममा बसोबास गर्ने यहूदा, बेन्यामीनी, एफ्राइम र मनश्शेका मानिसहरू यी नै हुन्:
4
5
6
7
8
9
10
11अजर्याह, जो हिल्कियाहका छोरा, जो मशुल्लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो अहीतूबका छोरा, जो परमेश्वरको भवनका जिम्मावाल थिए,
12अदायाह, जो यरोहामका छोरा, जो पशहूरका छोरा, जो मल्कियाहका छोरा थिए, अनि मासै, जो अदीएलका छोरा, जो यहजेराका छोरा, जो मशुल्लामका छोरा, जो मशिलेमीतका छोरा, जो इम्मेरका छोरा थिए।
13पूजाहारीहरू, जो आफ्ना परिवार-परिवारका मुखियाहरू थिए, ती १,७६० जना थिए। तिनीहरू परमेश्वरका भवनको सेवासम्बन्धी काम गर्नलाई योग्यका मानिसहरू थिए।
14
15अनि बक्बक्कर, हारेश, गालाल, मत्तन्याह, जो मीकाका छोरा जो जिक्रीका छोरा, जो आसापका छोरा थिए।
16अनि ओबदिया, जो शमायाहका छोरा, जो गालालका छोरा, जो यदूतूनका छोरा थिए, अनि बेरेक्याह, जो आसाका छोरा, जो एल्कानाका छोरा थिए, जो नतोपातीहरूका गाउँहरूमा बस्थे।
17
18
19
20
21
22द्वारपालको काममा चुनिएकाहरूको संख्या २१२ थियो।
23तिनीहरू र तिनीहरूका छोराहरूका जिम्मामा परमप्रभुको भवनका मूल ढोकाहरूमा पहरा बस्ने काम थियो, जुन भवनलाई पाल भनिन्थ्यो।
24ती द्वारपालहरू पूर्व, पश्चिम, उत्तर, दक्षिण, चारैतिर बस्नुपर्दथ्यो।
25तिनीहरूका कुटुम्बहरूचाहिँ आफ्ना गाउँहरूबाट तिनीहरूसँग एक पल्टमा सात दिनसम्म पालैपालो काममा आउनुपर्थ्यो।
26तर चार जना मुख्य-मुख्य द्वारपालहरू, जो लेवीहरू हुन्थे, तिनीहरू परमप्रभुको भवनमा भएका कोठाहरू र भण्डारहरूका जिम्मेवारी हुन्थे।
27तिनीहरू सधैँ परमप्रभुका भवनको हाताभित्रै सुत्थे, किनभने पहर-पहरमा तिनीहरूको काम हुन्थ्यो। अनि बिहानैपिच्छे मूल ढोकाहरू खोल्ने साँचोको जिम्मा तिनीहरूको थियो।
28तिनीहरूमध्येका कुनै-कुनैले मन्दिरको सेवामा प्रयोग गरिने भाँड़ाहरूको जिम्मा लिए। तिनीहरूले ती भित्र ल्याउँदा र बाहिर लैजाँदा गनेर राख्नुपर्थ्यो।
29तिनीहरूमध्येका अरू कुनै-कुनैचाहिँ सामानहरू र पवित्रस्थानका अरू सबै भाँड़ाहरू अनि पीठो, दाखमद्य, तेल, धूप र मसलाको जिम्मा लिन खटिएका थिए।
30कुनै-कुनै पूजाहारीहरूले मसला मिसाएर तयार गर्दथे।
31कोरहवंशी शल्लूमका जेठा छोरा लेवी मत्तित्याहको जिम्मामा भेटीका फुरौलाहरू तयार गर्ने काम थियो।
32तिनीहरूका कोही कोरहवंशी कुटुम्बहरूको जिम्मामा हरेक शबाथ-दिनमा भेटीका रोटीहरू तयार पार्ने काम थियो।
33ती सङ्गीतकारहरू, लेवी परिवार-परिवारका मुखियाहरू, तिनीहरूका निम्ति अलग राखिएका कोठाहरूमा बस्थे, र अरू काम गर्न पर्दैनथ्यो, किनभने तिनीहरू दिन र रातमा काममा बोलाइन्थे।
34ती सबै जना लेवी परिवारका मुखियाहरू थिए, र तिनीहरूका वंशावलीको सूचीमा लेखिएका थिए। तिनीहरू यरूशलेममा बस्थे।
35गिबोनका पिता यीएल गिबोनमा बस्थे।
36
37
38
39
40
41
42
43
44