1यसरी सोलोमन राजाले सारा इस्राएलमाथि राज्य गरे।
2तिनका मुख्य-मुख्य अधिकारीहरू यी नै हुन्:
3
4
5
6
7सारा इस्राएलमाथि सोलोमनका बाह्र जना जिल्ला-जिल्लाका जिल्लापालहरू थिए, जसले राजा तथा राजघरानालाई खानेकुरा जुटाउँथे। प्रत्येकले वर्षमा एक-एक महिनाको खानेकुरा जुटाउनुपर्थ्यो।
8
9
10
11
12
13
14
15
16
17
18
19
20यहूदा र इस्राएलका मानिसहरू समुद्रका बालुवाझैँ असंख्य थिए। तिनीहरू खान्थे, पिउँथे र सुखसित रहन्थे।
21यूफ्रेटिस नदीदेखि पलिश्तीहरूको देश र मिश्रको सिमानासम्मैका सबै राज्यहरूमाथि सोलोमनले शासन गर्थे। ती देशहरूले तिनलाई कर तिर्थे र तिनको सारा जीवनकालभरि नै उनीहरू तिनका प्रजा भएर बसे।
22सोलोमनको दिनदिनको खूराक पचहत्तर मुरी मसिनो पीठो र एक सय पचास मुरी अन्न,
23गोठमा पालेका दश वटा गाई-गोरुहरू, खर्कमा पालेका बीस वटा गाई-गोरुहरू, एक सय भेड़ा र बाख्रा, अनि मृग, हरिण, बराँठ र कुखुराहरू थिए।
24किनकि तिनले यूफ्रेटिस नदीको पश्चिमपट्टिका सबै देश, अर्थात् तिफसादेखि गाजासम्म राज्य गर्थे।
25सोलोमनको जीवनकालभरि नै दानदेखि बेर्शेबासम्मै यहूदा र इस्राएल शान्तिसित रहन्थे, हरेक मानिस आ-आफ्नै दाख र नेभाराको बोटमुनि सुरक्षितसाथ रहन्थ्यो।
26सोलोमनका चार हजार रथका घोड़ाहरूका लागि तबेलाहरू र बाह्र हजार घोड़ाहरू थिए।
27जिल्ला-जिल्लाका अधिकृतहरूले हरेक महिना पालैपालो सोलोमन र तिनका टेबिलमा बसेर खानेहरू सबैका निम्ति खानेकुरा जुटाउँथे। यसरी ल्याउँदा केही कुराको घटी नहोस् भनी तिनीहरूले हेर-विचार गर्थे।
28रथका घोड़ाहरू र अरू घोड़ाहरूका निम्ति पनि तिनीहरूले तोकिएका आ-आफ्ना जौ र परालका हिस्सा ल्याउँथे।
29परमेश्वरले सोलोमनलाई बुद्धि र अति अन्तर्दृष्टि र समुद्रको बालुवाजत्तिकै अनगिन्ती समझशक्ति दिनुभयो।
30सोलोमनको बुद्धि पूर्वका सबै मानिसहरू र मिश्रदेशका सबै मानिसहरूको बुद्धिभन्दा ज्यादै बढ़ी थियो।
31तिनी अरू सबै मानिसहरूभन्दा बुद्धिमान् थिए— एज्री एतान, अनि माहोलका छोराहरू हेमान, कलकोल र दर्दाभन्दा पनि तिनी बढ़ी बुद्धिमान् थिए। अनि तिनको ख्याति वरिपरिका सबै जाति-जातिहरूका बीचमा फैलियो।
32तिनले तीन हजार हितोपदेश रचे, र तिनका गीतहरूको संख्या एक हजार पाँच वटा थियो।
33तिनले रूखहरूका जीवनको विषयमा, लेबनानका देवदारुदेखि लिएर भित्तामा उम्रने हिसपसम्मका वर्णन गरे। तिनले पशुहरू, पक्षीहरू, घस्रने जन्तुहरू र माछाहरूका विषयमा पनि सिकाए।
34सोलोमनका बुद्धिको बारे थाहा पाएका संसारका सबै राजाहरूबाट पठाइएका सबै जातिका मानिसहरू तिनको बुद्धि सुन्न तिनीकहाँ आउँथे।