1तर सोलोमनलाई आफ्नो महल निर्माण गर्न तेह्र वर्ष लाग्यो।
2तिनले सय हात लामो, पचास हात चौड़ा, तीस हात अल्गो, चार लहर देवदारुका स्तम्भ भएको, तिनका माथि देवदारुकै सत्तरी भएको लेबनानको वन भनिने महल बनाए।
3स्तम्भमा अड़िएका ती सत्तरीहरूमाथि देवदारुको छत लगाइयो— प्रत्येक लहरमा पन्ध्र वटा सत्तरी गरी जम्मै पैँतालीस वटा सत्तरी थिए।
4त्यसका झ्यालका तीन लहरहरूमा अल्गा गरी राखिएका थिए, ती आमनेसामने फर्केका थिए।
5सबै ढोकाका आयतकार चौकोसहरू थिए। ती अगाड़िपट्टि तीन-तीन वटाका पङ्क्तिमा एक-अर्कोतिर फर्केका थिए।
6तिनले पचास हात लामो र तीस हात चौड़ा स्तम्भहरूले घेरिएको चोक बनाए। त्यसको अगि एउटा दलान थियो, र त्यसको सामु खम्बाहरू र एउटा बाहिर निस्केको छत थियो।
7तिनले न्याय भवन, अर्थात् सिंहासन भवन बनाए। त्यहीँ नै तिनले न्याय गर्थे। तिनले भूइँदेखि दलिनसम्म त्यसलाई देवदारुले छोपे।
8तिनले आफ्नै बस्ने महल त्यसको पछिल्तिर न्यायको भवनजस्तै बनाए। तिनले विवाह गरेर ल्याएकी फारोकी छोरीको निम्ति पनि त्यहीजस्तो महल बनाए।
9यी सबै भवनहरू बाहिरदेखि ठूलो चोकसम्म र जगदेखि छतसम्म करौँतीले ठीक परिमाणमा भित्री र बाहिरी मोहड़ामा काटिएका उच्च स्तरीय ढुङ्गाहरूले बनाइएका थिए।
10जगमा असल किसिमका ठूला ढुङ्गाहरू नापमा कोहीचाहिँ दश हात र कोहीचाहिँ आठ हातका थिए।
11तिनको माथि उच्च स्तरीय ढुङ्गाहरू ठीक नापमा काटेर मिलाइएका र देवदारुका सत्तरी थिए।
12ठूलो चोकका चारैपट्टि काटेर मिलाइएका ढुङ्गाका तीन लहर थिए, र देवदारुका सत्तरीहरूको एक लहर थियो। परमप्रभुका मन्दिरको भित्री चोक र त्यसको दलान पनि त्यस्तै थिए।
13सोलोमन राजाले हुरामलाई टुरोसबाट बोलाइपठाए,
14जसकी आमा नप्ताली कुलकी एउटी विधवा थिइन् र जसका पिताचाहिँ टुरोसवासी काँसाका निपुण कारीगर थिए। हुराम काँसाका सबै किसिमका काम गर्ने अत्यन्तै निपुण र अनुभवी मानिस थिए। तिनी सोलोमन राजाकहाँ आए र तिनलाई सुम्पिएका सबै कामहरू गरे।
15तिनले दुई वटा काँसाका स्तम्भहरू ढाले, नापमा प्रत्येकको अल्गाइ अठाह्र हात र फेरोचाहिँ बाह्र हातको थियो।
16तिनले स्तम्भहरूमाथि शिर राख्नलाई ढालेका काँसाका दुई वटा स्तम्भ-शिर पनि बनाए। प्रत्येक स्तम्भ-शिर पाँच हात अल्गो थियो।
17तिनले हरेक स्तम्भमाथि भएको स्तम्भ-शिरको निम्ति जाली स्वरूप सात वटा झुण्डिएका सिक्री बनाए।
18स्तम्भहरूका स्तम्भ-शिर सिँगार्नलाई हरेक सिक्रीको जालीका चारैपट्टि तिनले दुई लहर बुट्टादार दारिमहरू बनाए। तिनले हरेक स्तम्भ-शिरमा पनि त्यस्तै गरे।
19दलानभित्रका स्तम्भका स्तम्भ-शिरहरू लिली फूलको आकारका चार हात अल्गा थिए।
20दुवै स्तम्भका स्तम्भ-शिरमा, जालीनेरको कचौराको आकार भएको भागमा, स्तम्भ-शिरका वरिपरि लहर-लहर गरी दुई सय बुट्टादार दारिम बनाइएका थिए।
21तिनले मन्दिरका दलानका अगाड़ि ती दुई स्तम्भहरू खड़ा गरे। तिनले दक्षिणपट्टिको स्तम्भको नाउँ याकीन राखे र उत्तरपट्टिको नाउँ बोअज राखे।
22तिनका स्तम्भ-शिर लिली फूलका आकारका थिए। यसरी स्तम्भहरूको काम सिद्धियो।
23तिनले साँचोमा ढालेर बनाइएको धातुको एउटा गोलाकार विशाल खड्कुँलो बनाए। त्यसको बिट एक किनारदेखि अर्को किनारसम्म दश हात थियो, र त्यो पाँच हात अल्गो थियो। त्यसको वरिपरि फेरो नाप्नलाई तीस हातको नाप्ने फित्ता चाहिन्थ्यो।
24त्यस विशाल खड्कुँलोका चारैतिर बाहिरपट्टि बिटमुनि लौका, एक हातमा दश वटा, दुई लहरका थिए। खड्कुँलो र लौका एउटै टुक्रा धातुबाट बनिएका थिए।
25त्यो खड्कुँलो बाह्र वटा साँढ़ेहरूमाथि राखिएको थियो— तीन वटा उत्तरतिर फर्केका, तीन वटा पश्चिमतिर फर्केका, तीन वटा दक्षिणतिर फर्केका र तीन वटा पूर्वतिर फर्केका थिए। तिनका पछिल्ला भाग भित्रपट्टि फर्केका थिए। त्यो खड्कुँलोचाहिँ तिनीहरू माथि थियो।
26त्यसको चौड़ाइ चार अङ्गुल थियो, र त्यसको बिटचाहिँ कचौराको बिटजस्तै फक्रेको लिली फूलजस्तै थियो। त्यसमा प्राय: चवालीस हजार लिटर पानी अटाउँथ्यो।
27तिनले काँसाका दश वटा आधारहरू पनि बनाए। प्रत्येक चार हात लामो, चार हात चौड़ा र तीन हात अल्गो थियो।
28ती गुड्ने आधारहरू यसरी बनाइएका थिए: तिनका वरिपरिका पाटाहरू ठाड़ा फ्रेममा जोड़िएका थिए।
29ती पाटाहरू र फ्रेमहरूमा पनि सिंहहरू, साँढ़ेहरू र करूबहरू थिए— फ्रेममाथि पनि।
30प्रत्येक गुड्ने टेकामा काँसाका धुरा भएका चार वटा काँसाका चक्काहरू थिए। हरेकमा चार टेकामा अड़ेको एक बाटा थियो, जसका वरिपरि ढलौटे मालाहरू थिए।
31गुड्ने आधारभित्र खुला भाग थियो, जसको गोलाकार एक हात गहिरो गोला फ्रेम थियो। यसको खुला भाग गोलाकार थियो, र यसको तल्लो भागसमेत डेढ़ हात चौड़ा थियो। त्यसको खुला भागको वरिपरि बुट्टाहरू थिए। गुड्ने आधारका पाटाहरू गोला होइन तर वर्गाकार थिए।
32ती चारै वटा चक्काहरू पाटाहरूका मुन्तिर थिए। चक्काहरूका धुराहरू गुड्ने आधारसँगै गाँसिएका थिए। हरेक चक्काको उचाइ डेढ़ हात थियो।
33चक्काहरू रथका चक्काजस्तै बनाइएका थिए। तिनका धुरा, बिट, सुइरा र नाभिहरू सबै ढालेर बनाइएका धातुका थिए।
34प्रत्येक गुड्ने आधारका चार वटा समात्ने बीँड़हरूचाहिँ एक-एक कुनामा थिए। ती गुड्ने आधारबाट बाहिर निस्केका थिए।
35हरेक गुड्ने आधारका वरिपरि टुप्पामा आधा हात गहिरो गोलाकार धातुको फित्ता थियो। गुड्ने आधारका टेकाहरू र पाटाहरू त्यसकै टुप्पासँग गाँसिएका थिए।
36पाटाहरूमा जहाँ-जहाँ खाली ठाउँ थिए, त्यहाँ-त्यहाँ तिनले करूबहरू, सिंहहरू र खजूरका बोटहरू र त्यसका वरिपरि मालाहरू कुँदेर बनाए।
37यसरी नै तिनले ती दश वटा गुड्ने आधारहरू बनाए। ती सबै एउटै नाप र एउटै आकार भएका साँचोमा ढालेर बनाइएका थिए।
38त्यसपछि तिनले काँसाका दश वटा बाटाहरू बनाए। प्रत्येक आठ सय असी लिटर पानी अटाउने र नापमा चार हात बराबर थियो। ती दशै वटा गुड्ने आधारका निम्ति एउटा-एउटा बाटा थियो।
39तिनले पाँच वटा गुड्ने आधारहरू मन्दिरको दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि राखे। अनि पानीको खड्कुँलोचाहिँ मन्दिरको दक्षिणतिर, दक्षिण-पूर्वको कुनामा राखे।
40तिनले बाटा र बेल्चाहरू र अरू विशेष छर्कने बाटाहरू बनाए।
41दुई स्तम्भहरू, स्तम्भका टुप्पामा कचौराको आकारका दुई स्तम्भ-शिर स्तम्भमाथिका स्तम्भ-शिरहरू सजाउने दुई बुट्टादार जालीहरू,
42दुई जालीहरूका निम्ति चार सय दारिमहरू (दुई स्तम्भहरूका कचौराको आकार भएका स्तम्भ-शिरलाई ढाक्ने प्रत्येक जालीको निम्ति दुई लहर दारिमहरू),
43
44
45
46राजाले ती यर्दनको मैदानमा सुक्कोत र सार्तानको बीचमा साँचाहरूमा ढालेर बनाउन लगाएका थिए।
47सोलोमनले यति धेरै चीजहरू बनाए कि ती नजोखी नै राखे। ती बनाउनलाई प्रयोग गरिएका काँसाको ओजन निधो गरिएन।
48सोलोमनले परमप्रभुको मन्दिरका जम्मै सजाउने सामानहरू पनि बनाए:
49
50
51जब सोलोमन राजाले परमप्रभुका मन्दिरको निम्ति सबै काम गरेर सके, तब तिनले आफ्ना पिता दाऊदले समर्पण गरेका थोकहरू, अर्थात् चाँदी, सुन र सजाउने सामानहरू ल्याएर परमप्रभुका मन्दिरको भण्डारमा राखे।