1त्यस बेला पलिश्तीहरूले इस्राएलमाथि हमला गर्नलाई आफ्नो सेना भेला गरे। आकीशले दाऊदलाई भने, “तिमी र तिम्रा मानिसहरू मसँग रणभूमिमा जानुपर्छ भन्ने तिमीलाई थाहै होला।”
2दाऊदले आकीशलाई उत्तर दिए, “बेस, तपाईंको दासले के गर्न सक्छ तपाईंले जान्नुहुनेछ।”
3अब शमूएल मरिसकेका थिए, र सब इस्राएलले तिनको निम्ति शोक प्रकट गरेर तिनलाई तिनकै सहर रामामा गाड़ेका थिए। शाऊलले भूतप्रेत खेलाउने सबैलाई देशबाट निकालिसकेका थिए।
4पलिश्तीहरूले आफ्नो सेना युद्धको निम्ति भेला गरेर शूनेममा छाउनी हालेका थिए। शाऊलले सारा इस्राएलीहरूलाई जम्मा गरेर गिल्बोमा छाउनी हालेका थिए।
5जब शाऊलले पलिश्तीको फौजलाई देखे, तब उनी साह्रै भयभीत भए।
6उनले परमप्रभुलाई सोधे, तर परमप्रभुले न त सपनाद्वारा, न “ऊरीम” न अगमवक्ताद्वारा उनलाई जवाफ दिनुभयो।
7यसैले उनले आफ्ना सेवकहरूलाई भने, “मेरो निम्ति कुनै एउटी मन्त्रतन्त्र गर्ने स्त्रीलाई खोजिदेओ, र म त्यसकहाँ गएर सोधपूछ गर्नेछु।”
8तब शाऊलले भिन्दै लुगा लाएर आफ्ना दुई जना मानिसहरूसँग गुप्त भेषमा राती त्यसकहाँ गए, र त्यसलाई भने, “प्रेत आत्मासित सोधेर मेरो भाग्य बताइदेऊ, र म जुन मानिसको नाउँ बताउँछु त्यसलाई बोलाइदेऊ।”
9तर त्यस स्त्रीले जवाफ दिई, “शाऊलले के गर्नुभएको छ त्यो निश्चय तपाईंलाई थाहै होला। उहाँले भूतप्रेत खेलाउनेहरूलाई देशबाट हटाइदिनुभएको छ। जुन कुराले मेरो मृत्यु ल्याउनेछ त्यो गर्नलाई तपाईं मलाई किन कर लाउनुहुन्छ?”
10शाऊलले शपथ खाएर त्यसलाई भने, “जीवित परमप्रभुको नाउँमा म भन्दछु कि यसले गर्दा तिमीमाथि कुनै किसिमको आपद् आइपर्नेछैन।”
11तब त्यस स्त्रीले सोधी, “कसलाई बोलाऊँ त?”
12जब शमूएल निस्केका त्यस स्त्रीले देखी तब त्यसले चिच्च्याएर शाऊललाई भनी, “तपाईंले मलाई किन धोका दिनुभयो? तपाईं शाऊल नै हुनुहुँदोरहेछ।”
13राजाले त्यसलाई भने, “नडराऊ। तिमी के देख्दैछ्यौ?”
14उनले सोधे, “त्यो कस्तो छ?”
15शमूएलले शाऊललाई भने, “मेरो शान्तिलाई तिमीले किन भङ्ग गरेर मलाई माथि ल्यायौ?”
16शमूएलले भने, “परमप्रभुले तिमीलाई त्याग्नुभएको छ र उहाँ तिम्रो विरोधी हुनुभएको छ भने, तिमी किन मलाई सोधपूछ गर्छौ?
17मद्वारा पहिले नै भन्नुभएको कुरा परमप्रभुले गर्नुभएको छ। उहाँले तिम्रो हातबाट राज्य खोसेर अर्को तिम्रो एउटा छिमेकी दाऊदलाई दिनुभएको छ।
18तिमीले परमप्रभुको आज्ञापालन गरेनौ, र अमालेकीहरूका विरुद्धमा उहाँका क्रोधको इन्साफलाई तिमीले पूरा गरेनौ। यसैले उहाँले आज तिमीमाथि यो काम गर्नुभएको हो।
19त्यही कारण तिमी र तिम्रो प्रजा इस्राएललाई परमप्रभुले पलिश्तीहरूका हातमा पर्न दिनुहुनेछ। भोलि तिमी र तिम्रा छोराहरू मसँग हुनेछौ। हो, साँच्ची नै परमप्रभुले इस्राएली सेनालाई पलिश्तीहरूका हातमा सुम्पिदिनुहुनेछ।”
20शाऊल विचलित भए, र शमूएलका वचनले गर्दा उनी डरले भूइँमा लम्पसार परेर लोटे। दिनभरि र रातभरि पनि उनले केही नखाएकाले उनी शक्तिहीन भए।
21तब त्यो स्त्री शाऊलकहाँ गई, र उनलाई साह्रै विचलित भएका देखेर त्यसले उनलाई भनी, “तपाईंले भन्नुभएको कुरा मैले मानें, र मैले मेरो प्राण तपाईंको निम्ति खतरामा हालें।
22अब मेरो कुरा सुन्नुहोस्। तपाईंका यात्राको निम्ति तपाईं बल पाउनलाई म केही खानेकुरा टक्र्याउनेछु।”
23तर शाऊलले खान इन्कार गरे।
24त्यस स्त्रीको घरमा पालेको बाछा थियो। त्यसले त्यो झट्टै काटेर बनाई। त्यसले केही पीठो लिएर मुछी, र खमिर नहाली रोटी पकाई।
25ती त्यसले शाऊल र उनका सेवकहरूका अगि टक्र्याई। उनीहरूले त्यो खानेकुरो खाए, र त्यही रात उनीहरू बिदा भए।