1पलिश्तीहरूले अपेकमा आफ्ना सबै फौजहरू युद्धको निम्ति भेला गरे, र इस्राएलीहरूचाहिँ यिजरेलमा भएको पानीको मूलनेर छाउनी हाले।
2पलिश्ती शासकहरूले सय-सय र हजार-हजारका पङ्क्तिमा आफ्ना फौजलाई अगि बढ़ाइरहेका थिए, अनि दाऊद र तिनका मानिसहरू आकीशसँग पछिल्लो पङ्क्तिमा थिए।
3तब पलिश्तीका सेनापतिहरूले सोधे, “यी हिब्रूहरू किन आएका छन्?”
4तर पलिश्ती सेनापतिहरू क्रोधित भए, र आकीशलाई भने, “त्यस मानिसलाई तपाईंले दिनुभएको ठाउँमा पठाइदिनुहोस्। त्यसले हाम्रा साथ दिएर लड़ाइँ नगरोस्, नत्रता लड़ाइँमा त्यसले हामीलाई विश्वासघात गर्ला। हाम्रो प्राण लिएर आफ्नो मालिकको निगाह प्राप्त गर्न त्यसलाई यसभन्दा राम्रो मौका अरू के होला र?
5के यो त त्यही दाऊद होइन र, जसको विषयमा तिनीहरूले यसो भनेर गाउँदै नाचेका थिए,
6तब आकीशले दाऊदलाई बोलाइपठाए, र तिनलाई भने, “जीवित परमप्रभुको नाउँमा म भन्दछु कि तिमी सोझा मानिस हौ, र मेरो सेनामा तिम्रो सेवाले म सन्तुष्ट छु। तिमी मसँग आएकादेखि यसो मैले तिमीमा कुनै दोष भेट्टाएको छैनँ, तर अरू शासकहरू तिमीलाई लिन राजी छैनन्।
7यसकारण शान्तिसँग घर जाऊ, र तिनीहरूले खराब सम्झेको कुनै कुरा तिमीबाट नहोस्।”
8दाऊदले भने, “मैले के गरेको छु? म तपाईंको सेवामा लागेको दिनदेखि आजसम्म तपाईंले ममा के खोट भेट्टाउनुभएको छ, र मैले मेरा प्रभु महाराजाका शत्रुहरूका विरुद्धमा लड़ाइँ गर्न नपाउने?”
9आकीशले दाऊदलाई जवाफ दिए, “म यो कुरा मान्छु कि तिमी मप्रति परमेश्वरका दूतजस्तै सच्चा भएका छौ, तर तिमी तिनीहरूका साथमा लागेर लड़ाइँ गर्न जानुहुँदैन भनी पलिश्तीहरूका सेनापतिहरू जिद्दी गर्छन्।
10यसकारण भोलि उज्यालो हुने बित्तिकै उठेर तिम्रो साथमा आएका तिम्रा मालिकका मानिसहरूसँग गइहाल।”
11यसैले दाऊद र तिनका मानिसहरू पलिश्तीहरूको देशमा जानलाई बिहान सबेरै उठे। पलिश्तीहरू यिजरेलको बाटो लागे।