1पलिश्तीहरूले परमेश्वरका करारको सन्दूक कब्जा गरेर लगेपछि उनीहरूले त्यो एबेन-एजेरबाट अश्दोदमा ल्याए।
2अनि उनीहरूले त्यो बोकेर दागोनको मन्दिरमा ल्याए, र दागोनकै छेउमा राखे।
3भोलिपल्ट जब अश्दोदका मानिसहरू उठे, उनीहरूले दागोनलाई परमप्रभुका सन्दूकको अगि घोप्टो परेर लड़िरहेको देखे। तब उनीहरूले दागोनलाई उठाएर त्यसकै स्थानमा राखिदिए।
4तर भोलिपल्ट बिहानै जब उनीहरू उठे, तब दागोनचाहिँ परमप्रभुका सन्दूकको अगि घोप्टो परेर लड़िरहेको देखे, अनि त्यसको टाउको र दुई हातचाहिँ छिन्नभिन्न भएर सँघारमा पड़िरहेका थिए। दागोनको शरीर मात्र त्यहाँ रहेको थियो।
5यसैकारण त्यस दिनदेखि यसो अश्दोदमा दागोनका पूजाहारीहरू र दागोनको मन्दिरमा पस्नेहरू सबै दागोनको सँघारमा खुट्टाले टेक्दैनन्।
6तब परमप्रभुका हातको प्रकोप अश्दोदका र त्यसको वरिपरि बस्ने मानिसहरूमाथि पर्यो। उहाँले उनीहरूलाई दिनसम्म दु:ख दिनुभयो, र गिर्खाको रूढ़ीले सताउनुभयो। अनि उनीहरूको इलाकामा हूलका हूल मूसाहरू निस्के। उनीहरूका सहरहरूभरि नै मृत्यु र विनाश छायो।
7जब अश्दोदका मानिसहरूले यो देखे उनीहरूले भने, “इस्राएलका परमेश्वरको सन्दूकलाई यहाँ हामीसँग राख्नुहुँदैन, किनभने उहाँका हातको प्रकोप हामीमाथि र हाम्रो देवता दागोनमाथि परेको छ।”
8यसैले सन्दूकलाई के गर्नुपर्छ भनी सोध्नलाई उनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई बोलाए।
9उनीहरूले त्यो त्यहाँ लगे। तर त्यो त्यहाँ पुगेपछि परमप्रभुको हात तिनीहरूका विरुद्धमा उठ्यो र त्यो सहर ठूलो त्रासले भरियो। त्यहाँका ठूला-साना सबैलाई उहाँले गिर्खाको रूढ़ीले सताउनुभयो।
10यसर्थ उनीहरूले परमेश्वरको सन्दूक एक्रोनमा पठाइदिए।
11यसैले उनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई भेला हुनलाई बोलाए, र तिनीहरूलाई भने, “इस्राएलका परमेश्वरको सन्दूक फर्काइदिनुहोस्। त्यसलाई आफ्नै ठाउँमा पुर्याइदिनुहोस्, नत्रता त्यसले गर्दा हामी सबैको मृत्यु हुनेछ।” मृत्युको कारणले जम्मै सहरमा त्रास फैलिएको थियो, किनभने परमेश्वरका हातको प्रकोप त्यहाँ परेको थियो।
12जो मरेका थिएनन्, उनीहरूलाई गिर्खाको रूढ़ीले सतायो। त्यस सहरको विलाप स्वर्गसम्मै पुग्यो।