1आसापछि तिनका छोरा यहोशापात राजा भए। तिनले इस्राएललाई रोक्ने अठोट गरे।
2तिनले यहूदाका किल्ला भएका सबै सहरहरूमा फौज राखे। अनि यहूदाभरि र तिनका पिता आसाले कब्जा गरेका एफ्राइमका सहरहरूमा रक्षाको निम्ति छाउनीहरू राखे।
3तिनी आफ्ना पिताले देखाएका उदाहरणअनुसार सुरु-सुरुमा हिँड़े। तिनी बाल देवताहरूको पछि लागेनन्,
4तर तिनले आफ्ना पिताका परमेश्वरलाई खोजे, र उहाँका आज्ञाहरू पालन गरे। तिनी इस्राएलका चालमा चलेनन्।
5परमप्रभुले तिनको शासनमुनि तिनको राज्य स्थिर गर्नुभयो, र सारा यहूदाले तिनलाई उपहारहरू चढ़ाए। तिनको धन-सम्पत्ति र ख्याति साह्रै बढ़्यो।
6परमप्रभुका मार्गमा हिँड्न तिनी गर्व गर्थे। यसबाहेक तिनले यहूदाबाट डाँड़ाका थानहरू र अशेरा देवीका मूर्तिहरू हटाइदिए।
7आफ्नो शासनकालको तेस्रो वर्षमा यहूदाका सहरहरूमा शिक्षा दिन तिनले आफ्ना अधिकारीहरू बेन-हेल, ओबदिया, जकरिया, नतनेल र मीकायालाई पठाइदिए।
8तिनीहरूसँग कोही लेवीहरू थिए, अर्थात् शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह, अनि पूजाहारी एलीशामा र यहोराम।
9परमप्रभुका व्यवस्थाको पुस्तक लिएर तिनीहरूले यहूदाका चारैतिर सिकाए। मानिसहरूलाई सिकाउँदै तिनीहरू यहूदाका सबै सहरहरूमा गए।
10यहूदाको वरिपरि भएका देशका राज्यहरूमाथि परमप्रभुको भय पर्यो, र उनीहरूले यहोशापातको विरुद्धमा युद्ध गरेनन्।
11कुनै-कुनै पलिश्तीहरूले त यहोशापातकहाँ उपहारहरू र चाँदीको सौगात ल्याए। अरबीहरूले पनि सात हजार सात सय भेड़ा र सात हजार सात सय बोकाहरू ल्याए।
12यहोशापात झन् शक्तिशाली भए। तिनले यहूदामा किल्लाहरू र भण्डार राख्ने सहरहरू बनाए।
13यहूदाका सहरहरूमा तिनले प्रशस्त खानेकुरा सञ्चय गरे। यरूशलेममा तिनका खूबै तालीम पाएका योद्धाहरू थिए।
14तिनीहरू आ-आफ्नो परिवारअनुसार यसरी भर्ती भएका थिए:
15
16
17
18
19यहूदाका किल्ला भएका सहरहरूमा राजाले राखेकाहरूबाहेक यी मानिसहरू राजाको सेवामा लागेका थिए।