1त्यसपछि यहोशापात आफ्ना पित्रहरूसित सुते, र तिनीहरूसँग दाऊदको सहरमा गाड़िए।
2अनि तिनका छोरा यहोराम तिनीपछि राजा भए। यहोरामका
3तिनका पिताले तिनीहरूलाई सुन, चाँदी र बहुमूल्य थोकहरू अनि यहूदामा सुरक्षित सहरहरू पनि दान दिए। तर राज्यचाहिँ तिनले यहोरामलाई नै दिए, किनभने तिनीचाहिँ जेठा थिए।
4जब यहोराम आफ्ना पिताको सिंहासनमा सुदृढ़ भए, तब तिनले आफ्ना सबै भाइहरू र इस्राएलका कति जना राजकुमारहरूलाई पनि तरवारले काटेर मारे।
5तिनी राजगद्दी आरोहण गर्दा बत्तीस वर्षका थिए। तिनले यरूशलेममा आठ वर्ष राज्य गरे।
6आहाबको घरानाझैँ तिनी इस्राएलका राजाहरूका चालमा हिँड़े, किनभने तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए। परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही तिनले गरे।
7तर दाऊदसित परमप्रभुले गर्नुभएको करारको खातिर उहाँले दाऊदको घरानालाई नाश गर्ने इच्छा गर्नुभएन, किनभने दाऊद र तिनका छोराहरूलाई सधैँ प्रकाश दिइरहने एउटा बत्ती दिन्छु भनी उहाँले प्रतिज्ञा गर्नुभएको थियो।
8यहोरामको समयमा एदोम यहूदाको विरुद्धमा बागी भएर आफ्नै राजा खड़ा गरे।
9यसैले यहोराम आफ्ना अधिकृतहरू र सबै रथहरूका साथमा एदोमतिर बढ़े। एदोमीहरूले तिनी र तिनका रथका सेनापतिहरूलाई घेरे, तर तिनी उठेर राती नै भागे।
10एदोम आजको दिनसम्मै यहूदाको विरुद्धमा बागी भएको छ।
11तिनले यहूदाका पहाड़ी देशमा अल्गा-अल्गा थानहरू बनाए, र तिनले यरूशलेमका बासिन्दाहरूलाई मूर्तिपूजा (वेश्यावृत्ति) गर्न लगाई वेश्यासमानमा पारे र यहूदालाई कुपथतिर ढल्काए।
12यहोरामले एलिया अगमवक्ताबाट एउटा पत्र पाए। त्यसमा त्यो कुरो लेखिएको थियो:
13तर आहाबको घरानाले गरेझैँ इस्राएलका राजाहरूका चालमा हिँड़ेर तैंले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई मूर्तिपूजा (वेश्यावृत्ति) गर्न लगाई वेश्यासमानमा पारिस्। अनि तेरा पिताका परिवारका छोराहरू, अर्थात् आफ्नै भाइहरूलाई तैंले मारिस्। तिनीहरू तँभन्दा असल मानिसहरू थिए।
14ती सबै गरेकोले गर्दा परमप्रभुले तेरा प्रजा, तेरा छोराहरू, तेरा पत्नीहरू र तेरा सबै धन-सम्पत्तिमाथि प्रहार गर्न लाग्नुभएको छ।
15तँ आफैचाहिँ निको नहुने आन्द्रा-भुँड़ीको रोगले ग्रस्त हुनेछस्, र त्यस रोगले गर्दा तेरा आन्द्रा-भुँड़ी बाहिर निस्केर आउनेछन्’।”
16परमप्रभुले यहोरामको विरुद्धमा कूशीहरूनेर बस्ने पलिश्ती र अरबीहरूलाई उक्साउनुभयो। उनीहरूले यहूदालाई आक्रमण गरेर त्यसको भित्रसम्मै छिरिगए।
17सबै धन-सम्पत्ति जो उनीहरूले राजाको महलमा फेला पारे, तिनका छोराहरू र पत्नीहरूलाई समेत लगे। कान्छा छोरा अहज्याहबाहेक तिनका कुनै छोरा पनि बाँकी रहेन।
18यी सबै भएपछि परमप्रभुले यहोरामलाई निको नहुने आन्द्रा-भुँड़ीको रोगले ग्रस्त पार्नुभयो।
19त्यस रोगले तिनलाई केही समयसम्म सताइरह्यो। अनि दोस्रो वर्षको अन्तमा त्यही रोगले तिनका आन्द्रा-भुँड़ी निस्केर आए, र साह्रै दु:ख सहेर तिनी मरे। तिनका प्रजाले तिनका पुर्खाहरूका निम्ति गरेझैँ तिनको सम्मानमा आगो जलाएनन्।
20तिनी राजगद्दी आरोहण गर्दा बत्तीस वर्षका थिए। तिनले यरूशलेममा आठ वर्ष राज्य गरे। तिनको मृत्युमा कसैले शोक प्रकट गरेन। र तिनी दाऊदको सहरमा गाड़िए, तर राजाहरूका चिहानमा होइन।