1तिनले बीस हात लामो, बीस हात चौड़ा र दश हात अल्गो काँसाको एउटा वेदी बनाए।
2तिनले ढालेर बनाइएको धातुको एउटा गोलाकार विशाल खड्कुँलो पनि बनाए। त्यसको बिट एक किनारदेखि अर्को किनारसम्म दश हात थियो, र त्यो पाँच हात अल्गो थियो। त्यसको वरिपरि फेरो नाप्नलाई तीस हातको नाप्ने फित्ता चाहिन्थ्यो।
3खड्कुँलोको चारैतिर बाहिरपट्टि बिटमुनि साँढ़ेहरू, एक हातमा दश वटा, दुई लहरमा थिए। खड्कुँलो र साँढ़ेहरू एउटै टुक्रा धातुबाट बनाइएका थिए।
4त्यो खड्कुँलो बाह्र वटा साँढ़ेहरूमाथि बसालिएको थियो— तीन वटा उत्तरतिर फर्केका, तीन वटा पश्चिमतिर फर्केका, तीन वटा दक्षिणतिर फर्केका र तीन वटा पूर्वतिर फर्केका थिए। तिनीहरूका पछाड़िका भागचाहिँ भित्रपट्टि फर्केका थिए। त्यो खड्कुँलोचाहिँ तिनैमाथि बसालिएको थियो।
5त्यसको मोटाई चार अङ्गुल थियो। त्यसको बिट कचौराको बिटजस्तो फक्रेको लिली फूलजस्तै थियो। त्यसमा प्राय: छयसट्ठी हजार लिटर पानी अटाउँथ्यो।
6तिनले दश वटा स्नान-भाँड़ाहरू पनि बनाए। ती तिनले पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि राखे। यिनैमा तिनीहरूले होमबलिका सबै चीजहरू धुन्थे। खड्कुँलोचाहिँ पूजाहारीहरूले नुहाउनलाई प्रयोग गर्थे।
7तिनले तोकिएबमोजिम दश वटा सुनका सामदान बनाए। ती तिनले मन्दिरमा राखे— पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि।
8तिनले दश वटा टेबिलहरू पनि बनाएर मन्दिरमा राखे— पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि। तिनले एक सय वटा सुनका छर्कने बाटाहरू बनाए।
9तिनले पूजाहारीहरूको चोक, र ठूलो चोक र त्यसका ढोकाहरू बनाए, अनि ढोकाहरू काँसाले मोहोरे।
10त्यो विशाल खड्कुँलोचाहिँ तिनले दक्षिणपट्टि, अर्थात् मन्दिरको दक्षिण-पूर्व कुनामा राखे।
11तिनले भाँड़ा, बेल्चा र छर्कने बाटाहरू पनि बनाए।
12
13
14
15
16
17राजाले ती यर्दन नदीको मैदानमा सुक्कोत र सार्तानको बीचमा साँचाहरूमा ढालेर बनाउन लगाएका थिए।
18यी सबै थोक सोलोमनले यति धेरै संख्यामा बनाएका थिए, कि त्यसमा लागेको काँसाका ओजनको हिसाबै थिएन।
19सोलोमनले परमेश्वरको मन्दिरका सबै सजाउने सामग्रीहरू पनि बनाए:
20
21
22