1सोलोमनले परमप्रभुका मन्दिरको निम्ति गरेका सबै कामहरू सिद्ध्याएपछि आफ्ना पिता दाऊदले पवित्र कामको लागि अलग राखेका चीजहरू, अर्थात् सुन, चाँदी, र सबै सरसामानहरू ल्याए र ती परमप्रभुको मन्दिरका भण्डारहरूमा राखे।
2त्यसपछि सोलोमनले इस्राएलका धर्म-गुरुहरू र कुल-कुलका सबै नायकहरू र इस्राएलका परिवारका मुख्य-मुख्य व्यक्तिहरूलाई परमप्रभुका करारको सन्दूक दाऊदको सहर, अर्थात् सियोनबाट ल्याउन यरूशलेममा भेला हुन भनी बोलाए।
3अनि इस्राएलका सबै मानिसहरू सातौँ महिनामा भएको चाड़को समयमा राजाको सामुन्ने भेला भए।
4इस्राएलका सबै धर्म-गुरुहरू आइसकेपछि,
5लेवीहरूले सन्दूक उठाए, अनि सन्दूक र भेट हुने पाल र त्यसमा भएका सबै पवित्र सामानहरू उठाएरमाथि लगे। पूजाहारीले, जो लेवीहरू थिए, ती बोकेर माथि लगे।
6सोलोमन राजा र इस्राएलका सारा समुदाय, जो तिनको अगाड़ि भेला भएका थिए, तिनीहरू अनगन्ती भेड़ा र साँढ़ेहरू बलिदान चढ़ाउँदै सन्दूकको सामुन्ने थिए।
7त्यसपछि पूजाहारीहरूले परमप्रभुका करारको सन्दूक मन्दिरको भित्री पवित्रस्थान, अर्थात् महा-पवित्रस्थानमा त्यसकै ठाउँमा ल्याएर करूबहरूका पखेटामुनि राखे।
8करूबहरूका पखेटा सन्दूक राखिएको ठाउँमाथि फैलिएका थिए, अनि तिनले सन्दूक र त्यसका डन्डाहरू ढाकेका थिए।
9डन्डाहरूचाहिँ यति लामा गरी निस्केका थिए, कि तिनका टुप्पाहरू भित्री पवित्रस्थानबाट देखिन सकिन्थे, तर पवित्रस्थानको बाहिरबाट देखिन सकिँदैनथे। ती आजको दिनसम्म त्यहीँ नै छन्।
10त्यस सन्दूकभित्र अरू केही थिएन, केवल दुई वटा पाटीहरू, जुन मोशाले होरेब पर्वतमा सन्दूकमा राखेका थिए, जहाँ इस्राएलीहरूले मिश्रदेश छोड्दा परमप्रभुले तिनीहरूसित करार बाँध्नुभएको थियो।
11पूजाहारीहरू पवित्रस्थानबाट बाहिर निस्केर आए। त्यहाँ हाजिर भएका सबै पूजाहारीहरूले आ-आफ्नो दलअनुसार नगरीकनै आफैलाई पवित्र गरेका थिए।
12सबै लेवी गायकहरू, अर्थात् आसाप, हेमान र यदूतून, तिनीहरूका छोराहरू र कुटुम्बहरूसमेत मलमलका कपड़ा लगाएर झ्याली, वीणा र सारङ्गीहरू लिएर वेदीको पूर्वपट्टि उभिए। अनि तिनीहरूका साथमा एक सय बीस जना पूजाहारीहरू पनि थिए। तिनीहरूले चाहिँ तुरही बजाए।
13तुरही बजाउनेहरू र गीत गाउनेहरूले परमप्रभुको प्रशंसा र धन्यवादको निम्ति एक सोर गरी आवाज निकाले। अनि तुरही, झ्याली र अरू बाजाहरूसित परमप्रभुको प्रशंसा गर्नलाई तिनीहरूले यसो भनेर गीतको आवाज निकाले:
14अनि बादलले गर्दा पूजाहारीहरूले सेवा गर्न सकेनन्, किनकि परमेश्वरको मन्दिर परमप्रभुको महिमाले भरिएको थियो।