1परमेश्वरका सहकर्मी भएका हुनाले हामी तिमीहरूलाई बिन्ती गर्छौं, कि उहाँको अनुग्रह व्यर्थ हुन नदेओ,
2किनभने उहाँ भन्नुहुन्छ,
3हाम्रो सेवामा दोष नभेटोस् भनेर हामी कसैको मार्गमा बाधाको कारण राख्दैनौं,
4तर हरतरहले हामी आफैलाई परमेश्वरका सेवकहरू हौं भन्ने देखाउँछौं— ज्यादै सहनशीलतामा, कष्टमा, कठिनाइमा, आपद्-विपद्मा,
5कुटाइ-चुटाइमा, कैदमा, हूलदङ्गामा, परिश्रममा, अनिदो बस्दा, भोकमा,
6शुद्धतामा, ज्ञानमा, धैर्यमा, दयामा, पवित्र आत्मामा, साँचो प्रेममा,
7सत्य बोलीमा र परमेश्वरको शक्तिमा, दाहिने र देब्रेपट्टि धार्मिकताको अस्त्र-शस्त्र धारण गरेर,
8आदरमा र अनादरमा, बदनाम र सुनाममा। हामी ठगाहाझैँ ठानिन्छौं, तर हामी साँचा छौं।
9अपरिचित भए, तापनि सुपरिचित छौं। मर्न लागेका झैँ, तापनि हामी बाँचेकै छौं। सजाय भोगेका, तापनि मारिएका छैनौं।
10अफसोसी, तापनि सधैँ आनन्दित। गरीब, तापनि धेरैलाई धनी तुल्याउने। केही नभएजस्तो, तापनि सबै थोक भएका।
11कोरिन्थी हो, हामीले तिमीहरूलाई प्रष्टै भनिदिएका छौं, हाम्रो हृदय तिमीहरूका निम्ति खुला छ।
12तिमीहरूप्रतिको हाम्रो स्नेह कम भएको छैन, बरु तिमीहरूको हामीप्रतिको स्नेह पो कम भएको छ।
13अब यसको सट्टामा म आफ्नै बालकहरूसँग झैँ भन्दछु, कि तिमीहरूले पनि आफ्ना हृदय खुला राख।
14अविश्वासीहरूसँग एउटै जुवामा ननारिओ। किनकि धर्म र अधर्मको के साझेदारी हुन्छ? अथवा अँध्यारोसँग उज्यालोको के सहभागिता?
15ख्रीष्टको बेलिआलसँग के सरोकार? वा विश्वास गर्नेको विश्वास नगर्नेसित के समानता?
16मूर्तिहरूसँग परमेश्वरको मन्दिरको के सम्झौता? किनभने हामी जीवित परमेश्वरका मन्दिर हौं, जसरी परमेश्वरले भन्नुभएको छ,
17
18