1जब हिजकिया राजाले यो सुने, तब तिनले आफ्ना लुगा च्याते, र भाङ्ग्रा लाएर परमप्रभुको मन्दिरभित्र पसे।
2तिनले राजमहलका सञ्चालक एल्याकीम, सचिव शेब्ना र मुख्य-मुख्य पूजाहारीहरूलाई सबैले भाङ्ग्रा लाएर आमोजका छोरा अगमवक्ता यशैयाकहाँ पठाए।
3तिनीहरूले तिनलाई भने, “हिजकिया यसो भन्नुहुन्छ: जसरी बच्चा जन्मनै लाग्दा त्यसलाई जन्माउन बल हुँदैन, आजको दिन कष्ट, निन्दा र तिरस्कारको दिन भएको छ।
4शायद परमप्रभु तपाईंका परमेश्वरले ती रणभूमिका सेनापतिका सबै कुरा सुन्नुहुनेछ होला, जसलाई उनका मालिक अश्शूरका राजाले जीवित परमेश्वरलाई गिल्ला गर्न पठाएका थिए, र परमप्रभु तपाईंका परमेश्वरले सुन्नुभएको कुराको कारण उहाँले उनलाई हप्काउनुहोला। यसकारण अझै बाँचेकाहरूका निम्ति प्रार्थना चढ़ाइदिनुहोस्।”
5जब हिजकियाले पठाएका अधिकारीहरू यशैयाकहाँ आए,
6तब यशैयाले तिनीहरूलाई भने, “आफ्ना मालिकलाई भन, ‘परमप्रभु यसो भन्नुहुन्छ: तैंले सुनेका कुराले गर्दा तँ नडरा— जुन कुराहरूले अश्शूरको राजाका चाकरहरूले मेरो निन्दा गरेका छन्।
7ध्यानसित सुन्! म त्यसमा एउटा यस्तो आत्मा हालिदिनेछु, कि जब त्यसले कुनै एउटा प्रतिवेदन सुन्नेछ, तब त्यो आफ्नै देशमा फर्किजानेछ, र म त्यहाँ त्यसलाई तरवारद्वारा खतम पार्न लाउनेछु’।”
8रणभूमिका सेनापतिले यो सुने कि अश्शूरका राजाले लाकीश छोड़े, तब उनी फर्के, र राजाले लिब्नाको विरुद्धमा लड़ाइँ गरिरहेका उनले भेट्टाए।
9अब मिश्रदेशका कूशी राजा तिर्हाकाह आफूसित लड़ाइँ गर्नलाई आइरहेका छन् भनी सनहेरीबले प्रतिवेदन पाए। यसैले उनले फेरि यहूदाका राजा हिजकियाकहाँ यसो भनेर समाचारवाहक पठाए,
10“यहूदाका राजा हिजकियालाई भन्नू: ‘यरूशलेम अश्शूरका राजाको हातमा पर्नेछैन’ भन्ने तिमीले भरोसा गरेका देवताले तिमीलाई धोका नदेऊन्।
11अश्शूरका राजाहरूले सबै देशहरूलाई के गरेका छन्, र तिनीहरूलाई कसरी सम्पूर्ण सर्वनाश गरेका छन् सो तिमीले निश्चय नै सुनेकै छौ। अनि के तिमी छुटकारा पाउने आशा गर्दछौ र?
12के मेरा पिता-पुर्खाहरूले सर्वनाश गरेका जातिहरूका देवताहरूले तिनीहरूलाई छुटकारा दिए त— गोजान, हारान, रेसेप र तेल-अस्सारमा बस्ने अदनका मानिसहरूका देवताहरू?
13हमातका राजा, अर्पादका राजा वा सपर्बेम सहरका राजा, अथवा हेना वा इव्वाका राजाहरू कहाँ छन् त?”
14हिजकियाले यो चिट्ठी समाचारवाहकहरूबाट लिए, र पढ़े। तब तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए, र परमप्रभुको सामुन्ने त्यो खोलेर राखिदिए।
15र हिजकियाले परमप्रभुमा यो प्रार्थना चढ़ाए: “हे परमप्रभु, इस्राएलका परमेश्वर, जो करूबहरूका बीचमा सिंहासनमा विराजमान हुनुहुन्छ, पृथ्वीका सारा राज्यहरूमा तपाईं मात्र परमेश्वर हुनुहुन्छ। तपाईंले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो!
16हे परमप्रभु, आफ्ना कान खोलेर सुन्नुहोस्! हे परमप्रभु, आफ्ना आँखा खोलेर हेर्नुहोस्। जीवित परमेश्वरलाई ठट्टा गर्न सनहेरीबले पठाएका कुराहरू सुन्नुहोस्।
17“हे परमप्रभु, यो कुरा साँचो हो, कि अश्शूरका राजाहरूले यी जाति-जातिहरू र यिनीहरूका देशहरूलाई उजाड़ पारेका छन्।
18उनीहरूले यिनीहरूका देवताहरूलाई आगोमा हालेर सर्वनाश पारिदिएका छन्, किनकि तिनीहरू त ईश्वर थिएनन्, तर मानिसहरूका हातले बनाएका काठ र ढुङ्गा मात्र थिए।
19अब हे परमप्रभु हाम्रा परमेश्वर, उनको हातबाट हामीलाई बचाउनुहोस्, ताकि पृथ्वीका सबै राज्यहरूले यो जानून् कि परमप्रभु, तपाईं मात्र परमेश्वर हुनुहुन्छ।”
20तब आमोजका छोरा यशैयाले हिजकियाकहाँ एउटा समाचार पठाए, “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘अश्शूरका राजा सनहेरीबको विषयमा तैंले मलाई चढ़ाएको प्रार्थना मैले सुनें।
21त्यसको विरुद्धमा परमप्रभुले भन्नुभएको वचन यही हो:
22
23
24
25
26
27
28
29
30
31
32“यसैकारण अश्शूरका राजाको विषयमा परमप्रभु यसो भन्नुहुन्छ:
33
34
35त्यस रात परमप्रभुका स्वर्गदूत निस्के, र तिनले अश्शूरको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे। जब भोलिपल्ट बिहानै मानिसहरू उठे, त्यहाँ सबै लाशहरू मात्र थिए।
36यसैले अश्शूरका राजा सनहेरीब आफ्नो छाउनी उठाएर फर्किगए। उनी निनवेमा फर्केर गई बस्न लागे।
37एक दिन जब उनी आफ्नो देवता निस्रोकको मन्दिरमा पूजा गरिरहेका थिए, तब उनका छोराहरू अद्रम्मलेक र शरेसेरले उनलाई तरवारले मारे, र उनीहरू आरारात देशमा भागेर गए। उनीपछि उनका छोरा एसरहदोन राजा भए।