1यहूदाका राजा यहोशापातको अठारौँ वर्षमा आहाबका छोरा योराम सामरियामा इस्राएलका राजा भए, र तिनले बाह्र वर्षसम्म राज्य गरे।
2तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे, तर तिनका पिता र माताले गरेझैँ त होइन। आफ्ना पिताले बनाएको बालको चोखा ढुङ्गालाई तिनले हटाए।
3तापनि नबातका छोरा यारोबामले इस्राएललाई गर्न लाएका पापहरूमा तिनी लागिरहे, र तिनी तीबाट फर्केनन्।
4मोआबका राजा मेशाले भेड़ाहरू पाल्थे, अनि तिनले इस्राएलका राजालाई एक लाख भेड़ाका पाठाहरू र एक लाख भेड़ाहरूको ऊन दिनुपर्थ्यो।
5तर आहाब मरेपछि मोआबका राजा इस्राएलका राजाको विरुद्धमा बागी भए।
6यसकारण त्यस बेला राजा योरामले सामरियाबाट आएर सबै इस्राएललाई भेला गराए।
7तिनले यहूदाका राजा यहोशापातलाई पनि यो समाचार पठाए, “मोआबका राजा मेरो विरुद्धमा बागी भएका छन्। मोआबको विरुद्धमा लड़ाइँ गर्न के तपाईं मसित जानुहुन्छ?”
8तब तिनले सोधे, “हामी कुन दिशाबाट आक्रमण गरौं?”
9यसैले इस्राएलका राजा यहूदाका राजासँग र एदोमका राजासँग गए। तिनीहरू सात दिनसम्म घुम्दै हिँड़ेपछि, सेनाको आफ्नै लागि र भारी बोक्ने पशुहरूका निम्ति पानी खतम भयो।
10तब इस्राएलका राजाले भने, “के परमप्रभुले हामी तीनै राजाहरूलाई मोआबको हातमा सुम्पिदिनलाई ल्याउनुभएको हो र?”
11तर यहोशापातले सोधे, “के यहाँ परमप्रभुका कुनै एक जना अगमवक्ता छैनन्, जसद्वारा हामी परमप्रभुलाई सोधपूछ गर्न सक्छौं?”
12यहोशापातले भने, “परमप्रभुको वचन तिनीसँग छ।” यसैकारण इस्राएलका राजा र यहोशापात र एदोमका राजा तिनीकहाँ गए।
13एलीशाले इस्राएलका राजालाई भने, “हाम्रो एक-अर्कासँग के सरोकार? तपाईंका पिताका अगमवक्ताहरू र तपाईंकी माताका अगमवक्ताहरूकहाँ जानुहोस्।”
14एलीशाले भने, “सर्वशक्तिमान् परमप्रभु, जसको सेवा म गर्दछु, उहाँका नाउँको शपथ खाएर म भन्दछु, यदि मैले यहूदाका राजा यहोशापातको आदर नगर्ने भए म तपाईंलाई एक आँखाले पनि हेर्नेथिइनँ अथवा ख्यालै पनि गर्नेथिइनँ।
15तर अब एक जना वीणा बजाउनेलाई मेरो निम्ति ल्याऊ।”
16र तिनले भने, “परमप्रभु यसो भन्नुहुन्छ: यो बेँसीमा खाल्डै-खाल्डा बनाओ।
17किनकि परमप्रभुले यसो भन्नुहुन्छ: तिमीहरूले न बतास न त पानीको झरी देख्नेछौ, तापनि यो बेँसी पानीले भरिनेछ, र तिमीहरू, तिमीहरूका गाई-गोरु र अरू पशुहरूले पानी पिउनेछन्।
18परमप्रभुको दृष्टिमा यो त एउटा सजिलो कुरा हो। उहाँले मोआबलाई तपाईंहरूका हातमा सुम्पिदिनुहुनेछ।
19तपाईंहरूले किल्ला भएको हरेक सहर र हरेक ठूलो नगरलाई परास्त गर्नुहुनेछ। तपाईंहरूले हरेक असल रूखलाई काटेर ढाल्नुहुनेछ, र सबै पानीका मूलहरू बन्द गरिदिनुहुनेछ, र हरेक असल खेतलाई ढुङ्गाहरूले नष्ट पारिदिनुहुनेछ।”
20भोलिपल्ट प्राय: बिहानको बलिदानको समयमा अचानक एदोमको दिशाबाट पानी बग्न थाल्यो! अनि जमिन पानीले भरियो।
21यसै बीचमा राजाहरू उनीहरूका विरुद्धमा लड़ाइँ गर्न आएका छन् भनी सबै मोआबीहरूले सुने। यसैले हतियार चलाउन सक्ने हरेक जवान र वृद्ध मानिसलाई आह्वान भयो, र तिनीहरू युद्धको निम्ति सिमानामा तैनाथ गरिए।
22जब उनीहरू भोलिपल्ट बिहान सबेरै उठे, तब पानीमा घाम लागिरहेको थियो। मोआबीहरूले उनीहरूका सामुको त्यो पानी रगतजस्तै रातो भएको देखे।
23उनीहरूले भने, “यो त रगत हो। ती राजाहरूले झगड़ा गरेर एक-अर्कालाई मारे होलान्। अब हे मोआबी हो, लुट्नलाई जाओ!”
24तर जब मोआबीहरू इस्राएलीहरूको छाउनीमा आए, तब इस्राएलीहरू उठेर मोआबीहरू नभागुञ्जेल उनीहरूसित लड़ाइँ गरे। अनि इस्राएलीहरूले उनीहरूको देशलाई आक्रमण गरेर परास्त गरे।
25तिनीहरूले सहरहरूलाई सर्वनाश गरे, र सबै मानिसले हरेक असल खेतमा एउटा-एउटा ढुङ्गा फ्याँकेर जमिन जताततै ढुङ्गैढुङ्गाले भरिदिए। तिनीहरूले पानीका सबै मूललाई थुनिदिए, र हरेक असल रूख काटेर ढालिदिए। तिनीहरूले कीर-हरेशेतलाई मात्र त्यसका ढुङ्गाहरूसमेत त्यसकै ठाउँमा छोड़िदिए, तर घुयेँत्राले सुसज्जित भएका मानिसहरूले त्यसलाई पनि घेरा हालेर आक्रमण गरे।
26जब मोआबका राजाले अब लड़ाइँ हार्ने रहेछु भनी देखे, तब हतियारले सुसज्जित भएका सात सय मानिसहरूलाई एदोमका राजाकहाँ छिरिजानलाई लगे, तर उनीहरू सफल भएनन्।
27तब उनले आफ्नो जेठो छोरो, उनीपछि राजा हुनेलाई सहरको पर्खालमा लगेर बलिदान स्वरूप चढ़ाए। इस्राएलमाथि साह्रै क्रोध पर्यो, र तिनीहरू फर्केर आफ्नै देशमा गए।