2परमप्रभु मेरो चट्टान, मेरो किल्ला र मेरा उद्धारक हुनुहुन्छ।
3मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु। उहाँ मेरो ढाल, मेरा शक्तिशाली उद्धारक, मेरो गढ़, मेरो शरणस्थान र मेरा उद्धारकर्ता हुनुहुन्छ। तपाईं मलाई हिंसात्मक मान्छेबाट बचाउनुहुन्छ।
4म परमप्रभुलाई पुकार्छु, जो प्रशंसाको योग्य हुनुहुन्छ, अनि म मेरा शत्रुहरूबाट बचाइनेछु।
5“मृत्युका छालहरूले मलाई घेरे, विनाशको बाढ़ीले मलाई व्याकुल बनायो।
6पातालका डोरीहरूले मलाई बेह्रे, मृत्युको पासोले मेरो सामना गर्यो।
7मेरो आपत्मा मैले परमप्रभुलाई पुकारा गरें, मैले मेरा परमेश्वरलाई हपारें। आफ्नो मन्दिरबाट उहाँले मेरो सोर सुन्नुभयो, र मेरो पुकारा उहाँका कानमा पुग्यो।
8पृथ्वीमा कम्पन भयो, अनि भूकम्प गयो, आकाशका जगहरू हल्लिए। तिनीहरू थरथर कामे, किनभने उहाँ रिसाउनुभएको थियो।
9उहाँको नाकबाट धूवाँ निस्क्यो, र भस्मकारी अग्नि उहाँको मुखबाट निस्क्यो, जलिरहेको आगोको भुङ्ग्रो त्यसभित्र दन्क्यो।
10स्वर्गलाई फारेर उहाँ तल ओर्लनुभयो। अँध्यारो बादल उहाँका गोड़ामुनि थियो।
11उहाँ करूबहरूमाथि सवार भएर उड्नुभयो र बतासका पखेटामा सवार भई माथि उड्नुभयो।
12अन्धकारलाई उहाँले आफ्नो ओढ्ने तुल्याउनुभयो, पानीले काला भइसकेका बाक्ला बादललाई उहाँले आफ्नो मण्डप तुल्याउनुभयो।
13उहाँका उपस्थितिको उज्ज्वलताबाट बिजुली निस्किगए। असिना र आगोको भुङ्ग्रो।
14परमप्रभु स्वर्गबाट गर्जनुभयो, र सर्वोच्चको सोर गुञ्जायमान भयो।
15उहाँले आफ्ना काँड़हरू हान्नुभयो, र शत्रुहरूलाई तितरबितर पारिदिनुभयो। अनि चट्याङद्वारा तिनीहरू अस्तव्यस्त भए।
16परमप्रभुको हप्कीमा उहाँको नाकबाट निस्केको श्वासको विस्फोटले समुद्रका तहहरू देखा परे, र पृथ्वीका जगहरू प्रकट भए।
17“उहाँले माथिबाट आफ्नो बाहुली पसारेर मलाई समात्नुभयो। उहाँले गहिरो सागरबाट मलाई तानेर निकाल्नुभयो।
18उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो, मेरा शत्रुहरूबाट, जो मभन्दा अत्यन्तै शक्तिशाली थिए।
19मेरो विपत्तिको दिनमा तिनीहरू ममाथि आइलागे, तर परमप्रभु मेरा सहारा हुनुभयो।
20उहाँले मलाई फराकिलो ठाउँमा ल्याउनुभयो, उहाँले मलाई उद्धार गरिदिनुभयो, किनकि उहाँ मसँग प्रसन्न हुनुभएको थियो।
21“मेरो धार्मिकताअनुसार परमप्रभुले मसँग व्यवहार गर्नुभयो। मेरा हातका शुद्धताको अनुरूप उहाँले मलाई प्रतिफल दिनुभयो।
22किनकि म परमप्रभुको मार्गमा चलेको छु, मेरा परमेश्वरबाट तर्केर मैले दुष्टता गरेको छैनँ।
23उहाँका सारा नियमहरू मेरै सामुन्ने छन्, र उहाँका कानूनहरू मैले त्यागेको छैनँ।
24उहाँको दृष्टिमा म निर्दोष थिएँ, र दोषबाट मैले आफैलाई अलग्ग राखें।
25परमप्रभुले मेरो धार्मिकताअनुसार र उहाँको दृष्टिमा मेरो शुद्धताको अनुरूप मलाई प्रतिफल दिनुभएको छ।
26वफादारप्रति तपाईं वफादार हुनुहुन्छ, निर्दोषसँग तपाईं आफूलाई निर्दोष प्रकट गर्नुहुन्छ।
27शुद्धसँग तपाईं आफै शुद्ध देखा पर्नुहुन्छ, तर बाङ्गोसँग तपाईं आफूलाई चतुर प्रकट गर्नुहुन्छ।
28दीन-हीन मानिसहरूलाई तपाईं छुटाउनुहुन्छ, तर अहङ्कारीहरूलाई झुकाउनका निम्ति तपाईंको नजर तिनीहरूमाथि पर्छ।
29हे परमप्रभु, तपाईं मेरो दियो हुनुहुन्छ, परमप्रभुले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ।
30तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्छु, र मेरा परमेश्वरको सहायताले म पर्खाल नाघ्न सक्छु।
31“परमेश्वरको विषयमा भन्ने हो भने, उहाँको मार्ग सिद्ध छ, परमप्रभुको वचन सच्चा छ। उहाँमा शरण लिनेहरू सबैका निम्ति उहाँ ढाल हुनुहुन्छ।
32किनकि परमप्रभुबाहेक अरू को परमेश्वर छ र? हाम्रा परमेश्वरबाहेक अरू चट्टान को छ र?
33उनै परमेश्वर, जसले मलाई शक्तिशाली तुल्याउनुहुन्छ, र मेरो मार्गलाई सिद्ध तुल्याउनुहुन्छ।
34उहाँले मेरा खुट्टाहरू मृगका खुट्टाजस्तै तुल्याउनुहुन्छ, ⓖ र उच्च स्थानमा खड़ा हुन मलाई सक्षम बनाउनुहुन्छ।
35उहाँले मेरा हातहरूलाई युद्धको निम्ति तालीम दिनुहुन्छ, यसैले मेरा पाखुराले काँसाको धनु झुकाउन सक्छन्।
36तपाईंले मलाई आफ्नो विजयको ढाल दिनुभएको छ, स्वयम् तपाईं मलाई महान् बनाउन झुक्नुहुन्छ।
37मेरा पाइलाहरूका निम्ति तपाईं फराकिलो बाटो बनाउनुहुन्छ, र मेरा गोड़ा चिप्लनेछैनन्।
38“मेरा शत्रुहरूलाई खेदेर मैले नाश गरें, तिनीहरू संहार नहोउञ्जेल म फर्किनँ।
39मैले तिनीहरूलाई खतम पारें, तिनीहरू फेरि उठ्न सकेनन्, तिनीहरू मेरा पाउमुनि लोटे।
40तपाईंले मलाई लड़ाइँको निम्ति शक्तिशाली तुल्याउनुभयो, मेरा शत्रुहरूलाई तपाईंले मेरा खुट्टामा झुकाउनुभयो।
41तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्न विवश पार्नुभयो, र मेरा वैरीहरूलाई मैले संहार पारें।
42मदतको निम्ति तिनीहरूले पुकारे, तर तिनीहरूलाई बचाउने कोही थिएन। तिनीहरूले परमप्रभुलाई पनि पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन।
43भूइँको धूलोजस्तै मैले तिनीहरूलाई धूलोपीठो पारेँ, गल्लीको हिलोझैँ मैले तिनीहरूलाई कुल्चें।
44“मेरा मानिसहरूको आक्रमणबाट तपाईंले मलाई छुट्ट्याउनुभएको छ, तपाईंले मलाई जाति-जातिहरूका नेता हुनलाई जोगाउनुभएको छ, अपरिचित मानिसहरू मेरो अधीनमा छन्।
45विदेशीहरू दण्डवत् गर्दै मकहाँ आउँछन्, मेरो आदेश सुन्ने बित्तिकै तिनीहरूले सो पालन गर्छन्।
46विदेशीहरू डरले शिथिल हुन्छन्, तिनीहरू आ-आफ्ना किल्लाहरूबाट डरले काम्दै निस्कन्छन्।
47“परमप्रभु जीवित हुनुहुन्छ! मेरो चट्टानको स्तुति-प्रशंसा होस्! परमेश्वर मेरा चट्टान, मेरा उद्धारक उच्च होऊन्।
48उहाँ परमेश्वर हुनुहुन्छ, जसले मेरो बदला लिनुहुन्छ, उहाँले नै मानिसहरूलाई मेरो अधीनमा पार्नुहुन्छ,
49उहाँले मलाई मेरा शत्रुहरूबाट छुटाउनुहुन्छ। मेरा शत्रुहरूमाथि तपाईंले मलाई उच्च पार्नुभयो, हिंसक मानिसहरूबाट तपाईंले मलाई छुटाउनुभयो।
50यसैकारण हे परमप्रभु, जातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु, ⓗ र तपाईंका नाउँको स्तुति गाउनेछु।
51उहाँले आफ्ना राजाहरूलाई महान् विजय दिनुहुन्छ, र उहाँका अभिषिक्त राजा दाऊद र तिनका वंशमाथि उहाँले सदासर्वदा आफ्नो अचूक करुणा देखाउनुहुन्छ।”