1दाऊदका आखिरी वचन यी नै हुन्:
2
3
4
5
6
7
8दाऊदका वीर-वीर मानिसहरूका नाउँ यी नै हुन्। पहिलो तहकमोनीबाटका योशब-बश्शेबेत थिए— तीन जना वीरमध्येका मुख्य। तिनले आठ सय जनामाथि भाला चलाएर एकै पटकमा उनीहरू सबैलाई मारे।
9ती तीन जना वीरमध्ये दोस्रोचाहिँ अहोही दोदैका छोरा एलाजार थिए। तिनी दाऊदसित पास-दम्मीममा थिए, जहाँ पलिश्तीहरू युद्धको निम्ति जम्मा भएका थिए। जब इस्राएलीहरू पछि हटे तब तिनी एकलै रणभूमिमा खड़ा भएर
10नथाकुञ्जेल तिनले पलिश्तीहरूलाई तरवारले प्रहार गरी नै रहे, यहाँसम्म कि तिनको हातमा तरवार टाँसिएको थियो। यसरी परमप्रभुले त्यस दिन ठूलो विजय दिनुभयो। त्यसपछि इस्राएलका मानिसहरू मारिएकाहरूलाई लुट्न मात्र एलाजारकहाँ फर्केर आए।
11तिनीपछि हरारी आगीका छोरा शम्मा थिए। पलिश्तीहरू लहरमा भेला भएका थिए, जहाँ दालको खूबै राम्रो एउटा खेत थियो। अनि जब पलिश्तीहरूले इस्राएलीहरूलाई खेदेर धपाए,
12तब शम्मा त्यस खेतमा अड़िएर बसे, र त्यस खेतको रक्षा गरे, अनि ती पलिश्तीहरूलाई परास्त गरे। यसरी परमप्रभुले फेरि ठूलो विजय दिनुभयो।
13कटनीको सुरुतिर तीस जना मुख्य मानिसहरूमध्येका ती तीन जना वीरहरू अदुल्लामको ओड़ारमा दाऊदकहाँ आए। पलिश्तीहरूको एक दलचाहिँ रपाईहरूको बेँसीमा छाउनी हालेर बसेका थिए।
14त्यस बेला दाऊद गढ़ीमा थिए, अनि पलिश्तीको फौज बेथलेहेममा थियो।
15एक दिन दाऊदलाई साह्रो तिर्खा लाग्यो, र तिनले कराएर भने, “बेथलेहेमको मूल ढोकानेरको पानी खान पाए त हुनेथियो।”
16यसैले ती तीन जना वीरहरू पलिश्तीहरूका पङ्क्तिका बीचबाट छिरिगएर बेथलेहेमको मूल ढोकामा भएको इनारको पानी ल्याएर दाऊदलाई दिए। तर दाऊदले त्यो पानी पिउनलाई इन्कार गरे। तिनले त्यो पानी परमप्रभुको सामुन्ने खन्याइदिए,
17र भने, “हे परमप्रभु, मैले यो पानी पिउनु नपरोस्। के म यी मानिसहरूको रगत पिऊँ, जसले यसको निम्ति आफ्नो प्राण खतरामा हाले?” यसैले तिनले त्यो पानी पिएनन्।
18सरूयाहका छोरा योआबका भाइ अबीशै ती तीन जनामाथिका प्रमुख थिए। तिनले तीन सय जनाका विरुद्धमा आफ्नो भाला चलाएर उनीहरूलाई मारे। यसैले ती तीन जनाजस्तै तिनी प्रसिद्ध भए।
19के तिनलाई ती तीन जनालाई भन्दा ठूलो आदरले हेरिँदैनथ्यो र? तिनी तिनीहरूका कप्तान भए, तर ती तीन जनामध्ये तिनी गनिएनन्।
20यहोयादाका छोरा कब्सेलका बनायाह पनि एक वीर थिए। तिनले धेरै वीरताका काम गरेका थिए। तिनले मोआबका दुई उत्तम पुरुषहरूलाई मारेका थिए, अनि तिनले हिउँ परेको बेलामा खाड़लमा झरेर एउटा सिंहलाई मारेका थिए।
21तिनले नै एक जना ठूलो आकारको एक जना मिश्रीलाई मारे, जसको हातमा एउटा भाला थियो। बनायाह एउटा लाठो लिएर त्यसकहाँ गए, र त्यस मिश्रीको हातबाट भाला खोसेर त्यसकै भालाले त्यसलाई मारे।
22यहोयादाका छोरा बनायाहका वीरताका काम यस्तै थिए। ती तीन जना वीरहरूजस्तै तिनी प्रसिद्ध थिए।
23तिनी ती तीस जनाभन्दा अझ बढ़ी प्रसिद्ध थिए, तर तिनी ती तीन जनामा गनिएनन्। दाऊदले तिनलाई आफ्नो अङ्गरक्षकको जिम्मा दिए।
24योआबका भाइ असाहेल, ती तीस जनामध्येका यी नै हुन्: बेथलेहेमका दोदैका छोरा एल्हानान,
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39